भारतलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा
काठमाडौं, १२ चैत । घरेलु मैदानमा भारतलाई ९५ रनले पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाले दिएको ३२९ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन बनाउँदै अल आउट भयो ।
भारतका कप्तान महेन्द्रसिंह धोनीले ६५ रन बनाए । अरुण धवन ४५ तथा रोहित शर्माले ४४ रन जोडे । भारतका भरपर्दा व्याटस्म्यान विराट कोहली १ रनमा फर्के । अन्य व्याट्सम्यान टिक्न सकेनन् ।
यसअघि घरेलु मैदान सिड्नीमा टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो ।
अष्ट्रेलियाका भरपर्दा ब्याट्सम्यान डेभिड वार्नरले आजको खेलमा मात्र १२ रन बनाए । आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाका लागि १८२ रनको साभेदारी गरे ।
स्मिथ १०५ रनमा आउट भए । उनले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । फिन्च ८१ रनमा पभेलिन फर्किए । ग्लेन म्याक्सवेल २३ रनमा आउट भए ।
अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए । भारतका लागि उमेश यादवले अष्ट्रेलियाका ४ विकेट लिए । मोहित शर्माले दुई तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । अष्ट्रेलियाले आइतबार हुने उपाधि खेलमा न्यूजिल्याण्डसँग भिड्नेछ ।
0 comments
Write Down Your Responses