तीस दलीय मोर्चा चैत ५ देखि आमहड्तालसहित आन्दोलनमा

काठमाठौं, चैत १

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेसँग निर्धारित समयभित्र सहमति हुन नसकेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले चैत ५ देखि एक महिना लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छ।

गठबन्धनको आन्दोलनका कार्यक्रम तयारी कार्यदलले तयार पारेको कार्यक्रम अनुसार, चैत ५ गते देशभरीका जिल्ला सदरमुकाममा विरोध सभा, धर्ना तथा जनचेतना मूलक कार्यक्रम गर्ने प्रस्ताव गरिएको कार्यदलका एक नेताले बताए।
बिचको समयमा प्रवेशीका परिक्षाको कार्यतालिका परेको कारण गठबन्धनले चैत १४ गते प्रधानमन्त्री, मन्त्री र सरकारी उच्च ओहदाका व्यक्तिहरु सहभागी हुने सार्वजनिक कार्यक्रममा विरोध स्वरुप कालो झण्डा देखाउने र चैत २४ देखि २६ सम्म जनआन्दोलनको उत्कर्शको समय पारी आमहड्तालको कार्यक्रम तयार पारेको छ।
कार्यदलको प्रस्तावलाई अन्तिम निर्णय गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न अहिले गठबन्धनका नेताहरुको बैठक सिंहदरबारमा बसिरहेको छ।

0 comments

Write Down Your Responses