ह्वाइट हाउसमा विष्फोटको आवाजले आतंक

 २४ फागुन, एजेन्सी ।


संसारकै सबै भन्दा कडा सुरक्षा भएको मानिने अमेरिकी राष्ट्रपति बराक ओबामा बस्ने ठाउँ अर्थात अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइट हाउसमा विष्फोटको जस्तो आवाज आएपछि हंगामा भएको छ ।



ओबामा परिवार हेलिकोप्टरामा सवार हुनै लाग्दा यस्तो आवाज आएपछि त्यहाँका सुरक्षाकर्मीबीच आतंक मच्चियो ।

यो घटना शनिबार रातिको हो । खासमा ह्वाइट हाउसमा रहेको एक फुड भेण्डरमा आगोलागी भएपछि विष्फोटनको आवाज आएको थियो ।

शूरुवाती समाचार अनुसार यो विष्फोटनको आवाज भित्रैबाट आएको भनिएपनि पछि भने ह्वाइट हाउस बाहिर रहेको फुड भेण्डरमा यस्तो घटना भएको थियो ।

विष्फोट लगत्तै ह्वाइट हाउसका सुरक्षा अधिकारीहरु भने एकदम सतर्क बनेका थिए । कुकुरले समेत विष्फोट पदार्थ रहेको सूचना दिएपछि सुरक्षा अधिकारीहरुबीच हाहाकार नै मच्चिएको थियो ।

ओबामा परिवार एक कार्यक्रममा जान लगेको समयमा यस्तो भएपछि ओबामा र उनको परिवारलाई रोकिएको थियो । एक घण्टापछि मात्र ओबामा सडक मार्ग भएर गन्तब्यमा पुगेका थिए ।

0 comments

Write Down Your Responses