मुलुकलाई नेकपा एमालेले मात्रै किनार लगाउन सक्छ : लोकगायक पंगेनी

शुक्रबार, फाल्गुण २९,
लोक गायक बद्रि पंगेनीले पार्टीलाई पटक पटक धोका दिने मान्छे नेकपा एमाले हुनै नसक्ने बताएका छन् । उनले शुक्रबार राजधानीमा नेकपा एमाले रामेछाप जिल्ला कमिटी तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चले सयुक्त रुपमा आयोजना गरेको युग सन्देश सांस्कृतीक कार्यक्रममा गीत प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले लाल सलाम गर्न लाज मान्ने र देशलाई माया नगर्ने पनि नेकपा एमाले हुन नसक्ने बताएका छन् ।

कार्यक्रममा लोक गायक पंगेनीले नेपाललाई नेकपा एमालेले मात्रै किनार लगाउन सक्ने उल्लेख गरेका छन् । उनले देशलाई सहि दिशा दिन नेकपा एमालेलाई एक जुट हुन पनि आग्रह गरेका छन् । सुनौलो रामेछाप सांस्कृतीक कार्यक्रममा पंगेनीले दुई वटा गीत गाएका छन् । नेपालमा कलाकारलाई सबै भन्दा धेरै माया गर्ने माधव कुमार नेपाल रहेको उल्लेख गर्दै नेपाललाई देशका लागि उठ्न आग्रह गर्दै आफूले साथ दिने पनि बताए । उनले जुम्लाको स्याउ कुहियो, मुस्ताङको स्याउ कुहियो जस्ता परिवर्तनकारी गीत गाएका थिए ।

0 comments

Write Down Your Responses