मापसे गरे ५० हजार जरिवाना, अनिवार्य जेल , लाइसेन्स समेत रद्द हुने
काठमाडौं ।
चैत २ , २०७१
सरकारले मादक पदार्थ सेवन सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार
रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ ।
हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतानामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ ।
यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न बढी सजायको दायरा बढाउन लागिएको हो ।
ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे भएको जनाएको छ ।
नागरिक दैनिकमा समाचार छ ।
.jpg)

0 comments
Write Down Your Responses