पूर्वमाओवादी कमाण्डरले कान्छी भित्राउँदै कसरी किने करोडको महल ?

काठमाडौं । कोटेश्वरका ब्यापारी रामहरी श्रेष्ठलाई अपहरणपछि हत्या गरेको आरोपमा तीनबर्ष जेल जीवन विताएका पूर्वमाओवादी कमाण्डर गोविन्द बटालाले काठमाडौंको महाराजगन्जमा करोडौंको भब्य महल खरिद गरेका छन् । थुना मुक्त भए लगतै कान्छी श्रीमति भित्राएका बटालाले तीनै श्रीमतिका नाममा भब्य महल खरिद गरिदिएका हुन् ।

 कालिकोट स्थायी घर भएका बटालाको आर्थिक अवस्था कमजोर हो । तर बटालाले दुई बर्षमै करोडको सम्पति आर्जन गरेर कान्छी श्रीमतिलाई करोडको महल उपहार दिएका छन् । बन्दी जीवनमै उनले कसरी करोडौँ आम्दानी गरे ? उनकै सहकर्मी आश्र्चायमा परेका छन् ।


२० लाख नगद सहित पेस्तोल चोरी गरेको अभियोगमा बटाला सहितका माओवादी लडाकुले कोटेश्वरका ब्यापारी श्रेष्ठलाई अपहरण गरी हत्या गरेका थिए । तत्कालिन माओवादी लडाकुको सैन्य मुख्यालय मानिने शक्ति खोरमा उनको हत्या गरिएको थियो । बाहिरीरुपमा २० लाख रकम र पेस्तोल चोरेको आरोप श्रेष्ठमाथी माओवादीहरुले लगाएपनि शक्तिखोरमा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले दिएको गोप्य भाषणको भिडियो नेपाली सेनालाई बिक्रि गरेको आरोपमा उनीको हत्या गरिएको थियो ।

उक्त हत्या प्रकरणमा माओवादी कमाण्डर कालीबहादुर खाम, शक्तिखोर शिविरका प्रमुख बटालाको नाम मुख्यरुपमा अगाडी आएको थियो । बटाला तीन बर्ष जेल जीवन विताएपनि खाम भने अझै फरार रहेका छन् । बटाला २ जेठ २०६५ मा चितवन प्रहरी समक्ष उपस्थित भएका थिए ।

थुनामुक्त भएपछि बटालाले पहिलो श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेर रापेछापबाट कान्छी श्रीमति भित्राएका हुन् । उनै श्रीमतिका नाममा उनले महाराजगन्जमा करोडौंको महल खरिद गरेका छन् । ठुलो ब्यापार ब्यवसाय, वा अन्य आयस्रोतको बैद्य काम गरेको नदेखिने बटालाले करोड रकम कसरी आर्जन गरे त्यो भने रहस्यमय छ । तर नेपाल प्रहरीले भने खामले गर्दै आएको यार्सागुम्वाको अबैध कारोवार बटालाले समाल्ने गरेको अनुमान गरेको छ ।

0 comments

Write Down Your Responses