आङकाजीले दिए ओलीको हत्या गर्ने चेतावनी
१ चैत, नवलपरासी ।
आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्गकाजी शेर्पाले नेकपा एमालेका अध्यक्षको हत्या गर्ने चेतावनी दिएका छन् । आज नवलपरासीको कावासोतीमा आइपुगेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको कावासोतीमा भएको कोणसभामा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीलाई मानसिक सन्तुलन गुमाएको आरोप लगाउंदै यदि बेलैमा नसच्चिए लिवियाको कर्नेल गद्दाफीलाई जस्तै गल्ली गल्लीमा खोजेर हत्या गर्ने चेतावनी दिए ।
फाल्गुन २७ गते महेन्द्रनगरबाट शुरु भएको आदिवासी जनजातिको पहिचान यात्रा आज कावासोती आइपुगेको हो । पश्चिमबाट आएको पहिचान यात्रा आज चितवनको नारायणगढमा र काकडभित्ताबाट शुरु भएको यात्रा मकवानपुरको हेटौडामा समापन गरिदै छ ।
कोण सभामा बोल्दै शेर्पाले संविधान भनेको सहमतिमा जारी गर्ने दस्तावेज भएको उल्लेख गर्दै सहमतिमा संविधान जारी नगरे संविधान जारी गरेकै एक घण्टा भित्र संविधान सभा भित्रै संविधान जलाउने चेतावनी समेत दिए ।
त्यसैगरी आदिवासी जनजाति महासंघका संस्थापक महासचिव एवम् पूर्व सभासद् सुरेस आले मगरले आफूहरुले जातीय राज्य नमागेको भई सबैको पहिचान हुने राज्य मागेको बताउनुभयो । उहांले अहिले एकात्मक जातिय राज्य रहेको बताउदै त्यसलाई तोत्नु पर्ने पनि बताए ।
पचिहान नभएको जातीय राज्य नभई सबै जातजाति, भाषा, धर्म संस्कृतिको समान प्रतिनिधित्व हुने राज्य भएको समेत उनको भनाइ थियो ।
.jpg)

0 comments
Write Down Your Responses