बलात्कारीलाई ‘फाँसी’ सजाय दिनुपर्ने सभामुख सुवास नेम्वाङको प्रस्ताव
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अपराधीलाई निरुत्साहित गर्न विद्यमान फौजदारी नियमलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँ स्कुल अफ लद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सभासद् तथा विज्ञको सहकार्यबाट अन्तर्राष्ट्रिय अभ्यासको समग्रमा अध्ययन गरी समयसापेक्ष कानुनको निर्माण गर्नुपर्ने दायित्व थपिएको त्यसका लागि संसद प्रतिबद्ध रहेको बताउनुभयो ।
सभामुख नेम्वाङले विधायन समितिमा विभिन्न पाँच विधेयक छलफलका क्रममा रहेको त्यसलाई पारित गरेपछि ठूलो उपलब्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको परिपेक्ष्यमा बलात्कार जघन्य अपराध बन्दै गएकाले बलात्कारीलाई फाँसीको सजाय उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘फाँसीले अपराध निरुत्साहितमा सहयोग पु¥याउने छ । तपाईहरु पहल गर्नुस् म पनि लाग्छु ।’
नेपाली काँग्रेसका नेता रमेश लेखकले पछिल्ला समयमा बढ्दै गएको अपराधका घटनालाई न्यूनीकरण गर्न कडा कानुन बनाउनुपर्नेमा जोड दिँदै बढ्दै गएको अपराधका कारणको खोजी गरी सजाय निर्धारण विधेयकमा संवेदनशील भई कार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
कानुनविद् युवराज सङ्ग्रौलालगायतले अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्डसँग सामन्जस्यताको माध्यमद्वारा यौनजन्य हिंसाको रोकथाम गर्नुपर्नेमा जोड दिँदै यौनजन्य हिंसा तथा बलात्कारका हिंसामा परेकालाई न्याय दिनेगरी महिलामैत्री कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
.jpg)

0 comments
Write Down Your Responses