‘कतिपयलाई म मरोस् भन्ने पनि लागेको होला : प्रधानमन्त्री

काठमाण्डु, १३ चैत–


प्रधानमन्त्री सुशिल कोइरालाले आफ्नो स्वास्थप्रति अर्नगल प्रचार भएको भन्दै दुख व्यक्त गरेका छन् । बिहीबार संघीय समावेशी मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले मौसम परिवर्तन भएका कारणले सामान्य रुघाखोकी लागेको बताए ।

पत्रपत्रिकामा प्रधानमन्त्री अस्वस्थ भनेर आएका खबरले आफूलाई दुखी तुल्याउको पनि उनले बताए ।

‘कतिपयलाई म मरोस् भन्ने पनि लागेको होला, दुई–दुई पटक क्यान्सर जितेर आएको व्यक्ति हुँ’, उनले भने, ‘म संविधान निर्माण गर्नका लागि यहाँ आएको हुँ संविधान जारी गरेरै छाड्छु ।’

रुघाखोकी लागेका बेला बाहिर निस्कदा संक्रमण बढ्छ भनेर चिकित्सकले सल्लाह दिएका कारण आफू बाहिर ननिस्किएको पनि उनले बताए ।

उनले भने, ‘ म क्यान्सर भएको व्यक्ति, अहिले स्वाईन फ्ल्यूको प्रकोप छ, डाक्टरहरले ननिस्कन सल्लाह दिएकाले बाहिर ननिस्किएको हुँ ।’
हिमालय टाइम्स दैनिकबाट

0 comments

Write Down Your Responses