विमानस्थलमा पोखिएका यात्रुका असरल्ल पिडा (फोटो फिचर)

काठमाण्डु, २३ फागुन– टर्किस एयरलाईन्सको विमान दुर्घटनाका कारण चार दिनदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट हुने अन्तराष्ट्रिय उडान ठप्प हुँदा काठमाण्डौवाट वाहिर जाने र बाहिरवाट काठमाण्डौ आउने हजारौं यात्रु विमानस्थलमा नै अलपत्र परेका छन् ।

नेपाल घुमेर फर्कने पर्यटक देखि लिएर बैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्रमा जान लागेका साथै अन्य कतिपय व्यक्तिगत कामको सिलसिलामा विभिन्न मुलुक पुग्नु पर्ने हजारौ यात्रु शनिवार पनि त्रिभरवन अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र अवस्थामा थिए । उडानको पर्खाइमा रहेका उनीहरु सबै थकित मुद्रामा दखिन्थे ।





भोकभोकै उडानको प्रतिक्षामा रहेका उनीहरु कोही मोवाइलमा गेम खेलेर, कोही उडानकै वारेमा आएका समाचार पढेर, कोही चिउँडोमा हात लगाएर झोक्रिएर त कोही चिसो भुइमै सुतेर दिन कटाइरहेको दखिन्थे । कतिय त पैसा सकिएर बेखर्ची समेत भएका छन् । एयरलाइन्सले दिएको पैसाले खान नपुग्ने भन्दै कतिपय यात्रुहरुले गुनासो पोखेका छन् ।

चाउचाउ–चिउरा र पानीको भरमा पेट भर्नेहरुको पनि त्रिभुवन विमानस्थलमा कमी छैन । खासगरि रोजगारीका लागि खाडी मुलुक हिडेका गरिव नेपालीहरु खानको पिडासँग जुधिरहेका छन् ।
त्रिभुवन विमानस्थलले यात्रुहरुलाई उडान चाँडै सुचारु हुन्छ भन्दै भरोसा मात्र दिईरहेको छ । शुरुमा शुक्रवार विहानै विमानस्थल खुल्छ भनिएको थियो । तर, त्यो समय सार्दासादै पछिल्लो पटक शनिवार साझँसम्म पुर्याइएको छ । तर, त्यो समयमा पनि खुल्ने नखुल्ने टुंगो छैन ।

त्रिभुवन विमानस्थलको धावनमार्ग नखुल्दा विश्वका विभिन्न मुलुकवाट नेपाल आउनु पर्ने यात्रुहरु पनि विभिन्न देशका विमानस्थलमा नेपालकै विमानस्थलमा जस्तै अलपत्र अवस्थामा छन् ।

0 comments

Write Down Your Responses