बालिका भनेर बालकलाई बलात्कार गर्न खोजेपछि…

कलैया, १ चैत । महिला मात्रै बलात्कार हुने घटना सार्वजनिक भइरहेका बेला बारामा एक बालक वलात्कृत भएका छन् ।
बलात्कारीहरुले कपाल पालेको बालकलाई किशोरी ठानेर खेतमा लगेर बलात्कार गरेका हुन् । बलात्कारपछि ढुंगाले टाउकोमा हानेर बालकको हत्या गरिदिएका छन् ।
बाराको कलैयाका गरीब परिवारका मोती गुप्ताको छोरा आशिष गुप्तालाई बलात्कार गरेर हत्या गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मोतीका छोरा आशिष कपाल नकाटेका कारण केटीजस्तै देखिन्थे । बलात्कारीले केटी नै हो भनेर खेल्दै गर्दा उठाएर लगेका थिए । एकान्त ठाउँमा पुर्‍याउदा केटा भन्ने थाहा पाएपछि पनि उनलाई बलात्कारी छोडेनन् ।
वालकलाई पहिले बलात्कार गरे । त्यसपछि ढुङ्गाले हानेर हत्या गरिदिए । प्रहरीको अनुसन्धानमा मलद्धारबाट रगत आएको देखिएकाले हत्या अघि बलात्कार गरेको देखिएको छ ।
बलात्कारीले कलैया बजारबाट मृतक वालक आशिषलाई उठाउनुअघि अर्की बालिकालाई उठाएका थिए । तर, उनी चिच्याएर उम्कन सफल भएकी थिइन् ।
बालिका भागेपछि बलात्कारीहरुले लिंग पहिचान नगरेरै आशिषलाई उठाएर लगेका थिए । बालक आशिष गुप्ताको बलात्कारीले गत फागुन १२ गत बलात्कार गरेर हत्या थिए ।
घटनाका अभियुक्तलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय बाराले बलात्कारीहरुको खोजी भइरहेको जनाएको छ ।
केही दिन अघि मात्रै बारामा पुजा नामकी ६ वर्षीय वालिकालाई बलात्कार गरेर फोहोर फाल्ने ठाउँमा फालिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
बलात्कारका घटना बढेपछि देशैभरी बलात्कारीलाई मृत्युदण्ड सजायको माग गर्दै प्रदर्शन समेत भइराखेको छ ।

0 comments

Write Down Your Responses