महादेवलाई नै ‘पोर्न फिल्म’ हेरेजस्तो भएपछि मेला लाग्न थाल्यो….

काठमाडौँ, २१ जेठ ।
अँग्रेजीमा ‘डगी स्टाइल’ सम्भोगको एउटा आसन हो । पश्चिमाले कुकुरको जस्तो अर्थात ‘डगी’ स्टाइल नाम दिनुअघि नै पूर्वीय संस्कृतिमा यो चल्तीको सम्भोगको आसनका रुपमा स्थापित थियो । वात्सायनको कामसुत्रमा होस् वा भूकम्पअघिको बसन्तपुर दरवार क्षेत्रका मन्दिरका टुँडालमा यो तरिका प्रशस्तै देख्न सकिन्छ ।
प्रसंग काभ्रे, पनौतीमा बुधवार सम्पन्न जात्रासँग जोडिएको किम्वदन्तीको जोड्न खोजिएको हो । किम्वदन्तीअनुसार भद्रकाली महादेवलाई देखेर कामोत्तेजित हुँदै पछि लागिन् । आफ्नै सुरमा हिँडेका महादेवलाई त्यसको पत्तो थिएन । भद्रकाली कामातुर हुँदै महादेवलाई भेट्टाउन दौडदा केमा हो अल्झेर घोप्टो परेर लडिन् । भद्रकालीको पछि भैरव उत्तेजित हुँदै अएका रहेछन् । भद्रकाली घोप्टो परेर लडेपछि भैरवले भेट्टाए र लडैकै अवस्थामा सम्भोग गरी लगातार तीनपटक स्खलित भए । भैरव, भद्रकालीसँग रतिक्रिडामा मग्न भएको महादेवले देखेपछि उनलाई अहिलेको जमानाको ‘पोर्न फिल्म’ हेरेजस्तो भएछ ।
भैरवपछि महादेवले पनि भद्रकालीलाई सम्भोग गरी लगातार तीनपटक स्खलित भएका थिए रे ! देउताको यौनक्रिडाको सम्झना गर्दै पनौतीमा वर्षेनी जात्रा लाग्ने गरेको वृद्धा बताउँछन् । यो जात्रामा भैरव, महादेव र भद्रकालीको रथ डुलाउने गरिन्छ । उनीहरुले गरेको र किम्वदन्तीमा भनिएबमोजिम पहिले भैरवको रथसँग भद्रकालीको रथपछाडिपट्टिबाट तीनपटक जुधाइन्छ । त्यसपछि महादेवको रथ र भद्रकालीको रथ उसैगरी जुधाइन्छ ।
हरेक वर्ष जेष्ठ शुक्लपूर्णिमाका दिन यो जात्रा लाग्ने गर्दछ । पहिले मध्यरातमा रथ जुधाउने काम सम्पन्न हुन्थ्यो भने माओवादी सशस्त्र द्वन्द्वदेखि यो पूर्णिमाको मध्यान्हमा सम्पन्न गर्न थालिएको स्थानीयले बताएका छन् । यसको दर्शनले सुःख, शान्ति र सहकाल लाग्ने किम्वदन्ती रहेकाले यो जात्रामा दर्शनार्थीको ठूलै भिड लाग्ने गर्दछ । यो जात्रा अन्य जात्राभन्दा फरक भएकाले युवायुवती लजाइलजाइ सहभागी हुने गरेको एक स्थानीयले बताए । – ईश्वरी काफ्ले
nepalese.org बाट

0 comments

Write Down Your Responses