इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट

काठमाडौं, ३१ जेठ । 

इण्डोनियामा शनिवार दिउँसो शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । नेपालमा शक्तिशाली भूकम्प गएको दुई महिनापछि इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एफपी न्यूजका अनुसार इण्डोनेसियाको कारो सहरमा रहेको सिनाबुङ हिमाल नजिकैको सुमत्रा आइसल्याण्डमा शनिबार दिउँसो शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखी विस्फोट भएपछि जमिनमुनीबाट फलाम र तातो ग्यास बाहिर निस्किरहेको इण्डोनेसियाका सुरक्षा अधिकारीहरुले बताएका छन् । ज्वालामुखी विस्फोट भएपछि त्यहाँ नजिकका गाउँ तथा आसपासका क्षेत्रका ३ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ज्वालामुखीबाट बच्न सबैलाई स्थानीय प्रशासनले हाइ अर्लट जारी गरेको छ । मानवीय क्षति भएको बारे कुनै समाचार सार्वजनिक भएको छैन् । एजेन्सी 

0 comments

Write Down Your Responses