बिर्तामोडमा यौनलिलामा मस्त रहेका बेला १६ जना पक्राउ, कयौँको भागाभाग
झापा, १० असार । झापाको बिर्तामोडबाट प्रहरीले यौनलिलामा मस्त रहेका बेला १६ जनालाई रंगेहात पक्राउ गरेको छ । कतिपय भने आपत्तिजनक अबस्थामै प्रहरीको आँखा छलेर भाग्न सफल भएका छन् ।
बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । झापामा सञ्चालित होटलमा पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोडमा सञ्चालित २५ भन्दा बढी होटलमा एकैपटक छापा मारेको थियो ।
प्रहरीले छापा मारेका सबैजसो होटलमा यौनजन्य गतिविधिमा संलग्न रहेको पाइएकाले होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
0 comments
Write Down Your Responses