भूकम्पपीडितको सहयातामा खटिएका धूर्मुससुन्तलीको घर विक्रीमा, यस कारण विक्री हुदैछ घर

हाँस्य कलाकार जोडी सिताराम कट्टेल ( धुर्मुस) र कुन्जना घिमिरे (सुन्तलि )भुकम्पपीडितलाइ सघाउन अमेरिकाको कार्यक्रम छाडी नेपाल अाइपुगे ।
विभिन्न जिल्लामा राहत लगेर पुगे । सघाए । पुनःनिर्माणमा सघाए । अहिले उनीहरूको घर नै विक्रीमा राखिएको छ । काठमाडौँ धापासीमा रहेको उनीहरूकाे घर विक्रीमा राखिएको हो ।
अखिर किन होला त ? यसबारे हामीले बुझ्दा कारण यस्तो पायाै । खासमा धुर्मुस र सुन्तली अाफ्नो घर बेचेर काभ्रेपलान्चोक जिल्लाको अति विकट आदिबासी पहरी वस्तीमा २० वटा अत्याधुनिक नमुना घर बनाउने योजनामा रहेछन् । त्यसैका लागि  आफ्नो घर बेच्न लागेको उनीहरुले  बताए ।
पाँचखाल-१६ स्थित उक्त आदिवासी वस्तीमा ध्रुर्मुस सुन्तलीले २० वटा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने धुर्मुसले जानकारी दिए । अाफ्नो घर चाँडै किनिदिने मान्छेको खोजीमा रहेका उनले घरकाे मोल भने खुलाएनन् ।*

0 comments

Write Down Your Responses