एसएलसीमा अनुत्तीर्ण भएपछि अर्की छात्राले पनि गरिन आत्महत्या

५ असार, तनहुँ ।


विसं २०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।

उनले आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses