एक ‘सेल्फी’ले गर्दा ध्वस्त भयो स्लामिक स्टेटको ‘हेडक्वाटर’
एजेन्सी, २४ जेठ–स्लामिक स्टेटका एक सेल्फी प्रेमी सदस्यका कारण अमेरिकी सेनाले उसको हेडक्वाटर ध्वस्त पारेको छ ।
आइएसका उक्त सदस्यले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अमेरिकी सेनाले २४ घण्टाभित्रै उक्त स्थानको पत्ता लगाएर त्यसमाथि धावा बोलेको छ ।
अमेरिकी सेनाले सिरियास्थित जुन स्थान ध्वस्त पा¥यो त्यो ठाउँलाई आइएसले हेडक्वाटरका रुपमा प्रयोग गर्दै आएको थियो ।
कमाण्डर हाक कारलाइलले बताएका छन् कि, ‘फ्लोरिडामा रहेको हाम्रो टिमले सामाजिक सञ्जालमा आइएसका बारेमा जानकारी लिइरहेको थियो । त्यसमा एक ठाउँमा आइएस रहेको तस्बिर देखे । त्यसलगत्तै उत्त स्थानको पहिचान गरी त्यो ठाउँलाई कब्जामा लियौं ।’आइएसका उक्त सदस्यले सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अमेरिकी सेनाले २४ घण्टाभित्रै उक्त स्थानको पत्ता लगाएर त्यसमाथि धावा बोलेको छ ।
अमेरिकी सेनाले सिरियास्थित जुन स्थान ध्वस्त पा¥यो त्यो ठाउँलाई आइएसले हेडक्वाटरका रुपमा प्रयोग गर्दै आएको थियो ।
आइएसले सामाजिक सञ्जालमा आफ्ना हर्कत सार्वजनिक गरेर जनतालाई त्रासमा राख्ने काम गरेको थियो र कतैकतै युवाहरुलाई आफूतर्फ आकर्षित गर्न काम पनि गरेको थियो ।
0 comments
Write Down Your Responses