आकाशमा वृहस्पति र शुक्र ग्रह एकै ठाउँमा देखिने बेला आउँदैछ

“ताराहरूको अवलोकन गर्नेहरूको लागि यो हप्ता रोचक हुनेछ!”



सन् २०१५ जुनको यी अन्तिम दिनहरूमा आकाशमा देखिने दुईवटा चम्किला ग्रहहरूले रोचक प्रदर्शनी गर्नेवालामा छन्। जुन १ देखि वृहस्पति र शुक्र ग्रहहरू एक-आपसको नजिक आइरहेका छन् र जुन ३० को रातिमा दुवै ग्रह एकैठाउँमा देखिनेछन्। सन् २०१६ को अगस्ट सम्ममा जुन ३० को रात यी ग्रहहरू सबैभन्दा नजिक हुनेछन्।

)अझै बढी रोचक कुरा त यो हेर्न हामीलाई दुर्बिन तथा टेलिस्कोपको आवश्यकता पर्दैन। यिनीहरू यति चम्किला हुन्छन् कि हाम्रो नाङ्गो आँखाले पनि त्यो मनमोहक दृश्य देख्न सक्नेछौँ। अझै कुनै बेला त दिनको उज्यालोमा पनि देख्न सकिनेछ र यो क्रियाकलाप संसारको जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ। यसको लागि सूर्य अस्ताएपछि पश्चिम तर्फको आकाशमा हेर्नुपर्दछ।

तर यदि तपाईँहरूसँग टेलिस्कोप छ भने उक्त दृश्य अझै मनमोहक देखिने छ। नासाका वैज्ञानिकहरू भन्छन्- “राम्रोसँग नियालो भने वृहस्पतिलाई आफ्नै चन्द्रमाहरूले घेरेको र शुक्रलाई अर्ध चन्द्राकारमा देखिनेछ।”

तलको चल्ने चित्रमा अब आउने रातमा ती दुई ग्रहहरूको चाल देखाएको छ-

याद गर्नुपर्ने कुरा के हो भन्दा यी दुइ ग्रहहरू नजिक आएका भने पक्कै पनि होइनन्, यिनीहरू अझै पनि  ८०० मिलियन किलोमिटरको दुरीमा उपस्थित छन्। तर यिनीहरूलाई पृथ्वीबाट हेर्दा सँगै देखिएको मात्रै हो। वृहस्पति ग्रह शुक्र ग्रह भन्दा सानो देखिन्छ किनभने सूर्यबाट शुक्र ग्रहभन्दा वृहस्पति ग्रह टाढाको दुरीमा रहेको हुन्छ।

जब यी दुई ग्रहहरू पृथ्वीको आकाशमा एक-आपसबाट गुज्रिँदै जान्छ तर तिनीहरू एउटा ठूलो ताराजस्तो देखिन्छ। यो प्रक्रिया अमेरिकी क्षेत्र र पश्चिमी भागमा जुन ३० को रातमा हुनेछ भने अस्ट्रेलिया र पुर्वेली भागमा जुलाइ १ मा देखिनेछ। यो रातमा ती दुई ग्रहलाई हाम्रो कान्छी औँलामा नै सँगाल्न सक्नेछौँ।

,

0 comments

Write Down Your Responses