यौन सम्बन्धले लिएको ज्यानः यसरी मारिएकी थिइन् नेपाली चेली अमेरिकामा (विश्वभरी हेडलाइन)
२० जेठ, काठमाडौं ।
नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठलाई हत्या गर्ने एक समलिङ्गी युवतीलाई अमेरिकाको अदालतले ८५ वर्षको जेल सजाय सुनाएको छ ।
समानता श्रेष्ठ (बायाँ) र हत्या अभियोग लागेकी जेसिका (दायाँ)
समानताको हत्या गरेको स्वीकार गरेकी २२ वर्षीया जेसिका मिशेल विङ्गलाई भर्जिनियास्थित मोन्टग्गमरी काउन्टी सर्कुट अदालतलले जेल सजाय सुनाउँदा हत्या भएकी समानताकी आमा राजश्री श्रेष्ठ भक्कानिँदै थिइन् ।
अदालतमा रुँदै समानताको हत्यारा जेसिक
गत वर्षको फेब्रुअरीमा भएको यो हत्याकाण्डपछि समानताकी मिल्ने साथी जेसिका पक्राउ परेकी थिइन् । जेसिकामाथि हत्याको ८० वर्ष र हत्याको प्रमाण नष्ट गर्ने खोजेको अभियोगमा थप ५ वर्ष गरी ८५ वर्षको जेल सजाय सुनाएको हो ।
समानताको हत्यामा अदालतले फैसला सुनाएपछि यो विषयमा संसारभरी हेडलाइन बनेका छन् । खासमा नेपाली चेली समानताको हत्या उनको यौनिक ब्यवहारका कारण भएको चर्चा अन्तराष्ट्रिय सञ्चार माध्यमले जेसिकाले दिएको बयानका आधारमा गरेका छन् ।
घटना सन् २०१४ को फेब्रुअरी महिनाको हो । बायोलोजी पढ्ने समानता २१ वर्षकी थिइन् जसको सम्बन्ध थियो २४ वर्षकी जेसिका मिसेल एविङ्ग सँग ।
अमेरिकाको चर्चित न्यूयोर्क डेलीले बनाएको समाचार हेडलाइन
सोमबार अदालतमा आफूमाथि जेल सजायको फैसला हुँदा जेसिका भक्कानिएर रोइन र भनिन् ‘उसको हत्या गर्ने कुनै नियत थिएन’ । करिव २४ घण्टा सम्म चलेको सुनुवाइका क्रममा जेसिकाले आफू र समानताबीचको सम्बन्ध र त्यो दिन भएको घटनाबारे पुरै कहानी सुनाएकी थिइन् ।
जेसिकाले अदालतमा भनेको कहानीः ”हामी दुई जना समानताको घरमा भेट्ने योजनामा थियौं । हामी सँधै खाना खाएर रमाइलो गर्थ्यौं । मैले त्यो साँझ पनि समानतासँग रमाइलो गर्ने र त्यो पललाई रमाइलो बनाउने अपेक्षा गरेकी थिएँ ।”
खासमा के भएको थियो ?
रिपोर्टमा जनाइए अनुसार समानता र जेसिकाबीच डेटिङको योजना थियो । तर जेसिका सिंगारिनका लागि घण्टौं लगाइन् । जेसिकाले भनिन्ः ” मैले साथमा वाइनका केही बोटल र व्हिप्ड क्रिम लिएर समानताको घरमा पुगेको थिएँ । तर जव समानताले स्वेट प्यान्ट र टी-शर्ट लगाएको देखें अनि मेरो मुड अफ भयो । तर पनि उनी तयार भइन् । हामीबीच क्रिम फाइट चल्यो । अनि हामीले मदिरा पनि पियौं । यस्तै माहौलमा मेरो सपनामा तुसारापात गर्दै आफूले एक केटालाई मन पराउने बताइन् । ”
जेसिकाले बताए अनुसार समानताले ‘मैले तिमी गरेको ब्यवहार यौनिक प्रयोग मात्र हो म त तिमीसँग त्यसै रमाइलो मात्र गरिरहेकी थिएँ’ भनेकी थिइन् । समानताको भनाइले गहिरो दुःख अनुभव गरेकी जेसिकाले समानताको घाँटी अट्ट्याएर हत्या गरिदिइन् ।
अष्ट्रेलियाको चर्चित न्यूजडटकम एयुले बनाएको हेडलाइन समाचार
जेसिकाले अदालतलमा आफूले समानतालाई मायाँ गर्न थालेको समेत बताएकी थिइन् । उनले भनिन्ः ‘मैले उनलाई प्रेम गर्न थालेकी थिएँ । तर मलाई थाहै थिएन कि उनले म माथि केवल प्रयोग मात्र गरिरहेकी थिइन् । मलाई गहिरो दुःख अनुभव भयो । मैले उनको घाँटी अठ्ठ्याएँ ।’
हत्यापछि अनुसान्धानका क्रममा समानताको शरीरमा चोट लागेको भेटिएको थियो । उनको हत्या वर्वर्तापूर्णरुपमा गरिएको प्रमाण समेत फेला परेको थियो । उनको शव गत वर्षको फेब्रुअरी महिनामा आफ्नै मर्सिडिज कारको पछाडीको सिटमा एक स्लिपिङ ब्यागमा भेटिएको थियो ।
समानता हत्याकाण्डमा उनकी हत्याकी अभियुक्तले दिएको बयानले विदेशी भूमिमा पुगेका नेपाली युवतीहरुमा देखिन थालेका यौनिक स्वच्छन्दता तथा प्रयोगात्मक ब्यवहार र त्यसको घातक परिणाम समेत उजागर गरेको छ । जेसिकाले दिएको बयानलाई सत्य मान्ने हो भने समानताको यौनिकतामाथिको प्रयोग गर्ने चाहाना नै उनको मृत्युको कारण बनेको देखिन्छ ।
0 comments
Write Down Your Responses