अब देखि जिन्स र मिनीस्कर्ट लाउन नपाइने !

२०७२ असार १५ गते


काठमाडौं । पछिल्लो समय महिला हिंसा, यौन दुव्र्यवहार, बलात्कार जस्ता घटना दोब्बरले बढेका छन् ।
तर कसरी बढे त ? कारण विभिन्न छन्, जसमा एउटा प्रमुख कारण हो छोटा लुगा लगाउनु । हालै यहाँको राज्य सरकारले महिलालाई छोटो लुगा लगाउन प्रतिबन्ध लगाएको छ ।
कार्यान्वयन तहमा पु¥याउन यो ऐनको सुरुवात विद्यालय र कलेजबाट सुभारम्भ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यो खुसीको खबर भारतको केरलादेखि कोलकत्तासम्मको हो ।
जहाँ सरकारले जिन्स र स्कर्टमा पूर्णतया प्रतिबन्ध लगाएको हो । पछिल्लो समय स्कुल, कलेज, सार्वजनिक स्थान, बस स्टेण्टमा महिलामाथि हिंसा बढेको भन्दै यस्तो ऐन कार्यान्वयनमा ल्याएको हो ।
यो ऐन अनुसार अबदेखि स्कुल कलेज जाँदा पुरै शरीर ढाक्ने साधारण प्रकारको लुगा लगाएर जानु पर्नेछ । अन्यथा कलेजले भर्ना नलिने व्यवस्था लागू गरिएको समाचारमा जनाइएको छ ।
यद्यपी महिलाहरुले घरमा भने जस्तोसुकै लुगा लगाउन पाउने छन् । सार्वजनिक स्थानका लागि यो प्रतिबन्ध लगाइएको हो । नेपालमा पनि महिला हिंसा बढिरहेका बेला यस्तो कानुनको आवाज उठेपनि बन्न सकेको छैन् । एजेन्सी
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses