प्रहरीकै मिलेमतोमा एयरपोर्टबाट मानव तस्करी

२०७२ असार ६ गते


अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । भारत हुँदै अवैध रुपमा विभिन्न मुलुक जान लागेका आठ युवायुवतीलाई शुक्रबार विमानभित्रैबाट पक्राउ गरिएको छ । तस्करहरुसँग मिलेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले एक प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएको छ । भारत घुम्ने भन्दै जेट एयरबाट नयाँदिल्ली जान लागेका चार युवक र चार युवतीलाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको हो ।
उनीहरु सुरुमा नागरिकता देखाएर विमानसम्म गएका थिए, पछि एक प्रहरी जवानले उनीहरुको सामान छुटेको भन्दै उड्ने तयारीमा रहेको विमानमा एक झोला लगेर कर्मचारीलाई दिएका थिए । झोलामा पासपोर्ट देखेपछि एयरलाइन्सका कर्मचारीले सिनियर प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले आठजनालाई विमानबाट झारेर नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा सेटिङका आधारमा प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले पासपोर्ट रहेको झोला विमानमा लगेर जेट एयरका कर्मचारीलाई दिएको खुलेको छ । भारत जान नेपालीलाई पासपोर्ट चाहिँदैन । भारत जान लागेका नागरिकसँग अन्य देश जान लागेको भिसा फेला पर्दा प्रहरीले रोक्नसक्ने भएकाले उनीहरु पासपोर्ट नलिई विमानमा गएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

0 comments

Write Down Your Responses