डलरको भाउ लगातार उकालो लाग्दै

५ असार, काठमाडौं ।


लगातार उकालो लाग्ने क्रममा रहेको अमेरिकी डलरको रुपैंयाँसँग मजबूती कायम नै रहेकोे छ । एक अमेरिकी डलरको भाउ १ सय ३ रुपैंयाँ नजीक पुगेको हो । नेपाल राष्ट्र बैँकले शनिबारकालागी प्रतिडलर विक्रिदर एकसय दुई रुपैँया ११ पैसा निर्धारण गरेको छ । यो विक्रिदर अघिल्लोदिनको तुलनामा २२ पैसाले कम हो ।

अघिल्लोदिन राष्ट्र बैँकले प्रतिडलर विक्रिदर १ सय २ रुपैँया ३३ पैसा निर्धारण गरेको थियो । आइतबार १ सय २ रुपैंया ८४ पैसा रहेको प्रतिडलर विक्रिदर त्यसपछिका दिनमा उतारचढावपूर्ण रहेको थियो । सोमबार ४ पैसाले घटेर १ सय २ रुपैँया ८० पैसा कायम भएको प्रतिडलर विक्रिदर मंगलबार स्थिर रहेको थियो । बुधबार प्रतिडलर विक्रिदर ४ पैसाले बढेर १ सय २ रुपैँया ८४ पैँसा निधारण भएको थियो । बिहिबार पुनः १८ पैसाले बढेर १ सय २ रुपैंया ९२ पैसा निर्धारण भएको प्रतिडलर विक्रिदर शुक्रबार ५९ पैसाले घटेको थियो ।

साताको अन्तिमदिनसम्म आइपुग्दा प्रतिडलर विनिमयदर ७३ पैसाले कम हो । वाणिज्य बैँकहरुले भने तोकेको विक्रिदरभन्दा माथि पुगेर समेत डलरको कारोबार गर्ने गर्दछन् । वाणिज्य बैँकहरुले १ सय ३ रुपैंया ५० पैसासम्म विक्रिदरमा डलरको कारोबार गरेका छन् ।

0 comments

Write Down Your Responses