आज एसएलसी नतिजा दिउँसो यति बजे प्रकाशित हुदै

परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।


नगारिक न्युजले बताय अनुसार परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले टेलिफोनमा नागरिकन्युजसँग कुरा गर्दै आज साढे १२ बजे सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार अहिले बिहान एसएलसी बोर्ड बैठक बस्दै छ।यस वर्षको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।

0 comments

Write Down Your Responses