मलेसियाले नेपाली नभई बंगलादेशी कामदार लैजाने
५ असार, काठमाडौं ।
सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएकोछ ।
यसअघि मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
.jpg)

0 comments
Write Down Your Responses