यस्ता अचम्मका पुलहरु जसले तपाईंको होस् उडाउँछ

१२ असार । दैनिक आवतजावतको लागि पुल अत्यावश्यक छ । के तपाईंले कहिले सोच्नु भएको छ यी पुलहरुलाई निकै रोचक ढङ्गले बनाउन सकिन्छ ? पक्कै पनि छैन नि । तर यो विषयमा कसैले त सोचेका रहेछन् । यहाँ दिइएका पाँच प्रकारका पुलहरु त्यही सोचका उपज हुन् । यी निकै अचम्म ढङ्गले बनाइएका तस्बिरहरु यहाँ दिइएका छन्, यसले पक्कै पनि तपाईंको होस् उडाउनेछः

 १. द इसहिमा ओहसी ब्रिज, जापानः
४४ मिटर अग्लो पुल तपाईंले कुनै खेलमा मात्र चाहनुहुन्छ, वास्तविक जीवनमा होइन । तर यो रोलर कोस्टर ब्रिज जापानको दैनिक रुटमा पर्छ । यो इसहिमा पुलले मात्सु र साकाइमिनाटो शहरलाई जोड्ने गर्दछ ।
२. लाङ्गकावी स्काई ब्रिज, मलेसियाः
यो पुल समुन्द्र सतहभन्दा २३०० फिट माथि बनाइएको छ । करिब १२५ मिटर घुमाउरो बाटोले सम्भवतः सबैभन्दा सुन्दर दृश्य देखाउँछ । मलेसियाको यो पुल पर्यटकहरुको लागि ठूलो आकर्षण्को केन्द्र बनेको छ ।
३. रोलिङ ब्रिज, लण्डनः
यो एउटा यस्तो प्रकारको पुल हो जुन घुम्रिन्छ। यो पुलमा आठओटा त्रिकोणीय भागहरु छन् जुन धुम्रिँदा ‘अक्ट्यागन’ बन्ने गर्दछ र खुल्ला हुँदा पुल बन्ने गर्छ । पानीमा आइरहेको डुङ्गालाई बाटो दिनका लागि यो पुल घुम्रिने गर्दछ र ग्रान्ड युनियन क्यानलमा जानको लागि पुनः खोलिन्छ ।
४. ड्र्यागन किंग कङ ब्रिज, चीनः
विशेषगरि बटुवाहरुको लागि बनाइएको ड्र्यागन किंग कङ ब्रिज जम्मा १८५ मिटर लामो भने उचाई २२ मिटर रहेको छ । चाङ्सा मेइक्सी लेकमा अवस्थित यो पुल ‘मोबियस रिंग’ मा आधारित भएर बनाइएको हो । यहाँबाट ‘ड्र्यागन किंग हार्बर रिभर’ र ‘मेइक्सी लेक’ को निकै राम्रो दृश्य देख्न सकिन्छ ।
५. द हेलिक्स ब्रिज, सिंगापुरः
सिंगापुरको ‘द हेलिक्स ब्रिज’ पैदल यात्रीहरुका लागि बनेको संसारको सबैभन्दा पहिलो घुमाउरो  ‘डबल हेलिक्स’ पुल हो । यो पुल डिएनएको ढाँचामा बनेको छ । उक्त पुलमा यस्ता स्थानहरु छन् जसबाट उत्कृष्ट क्षितिज देख्न सकिन्छ ।  यो पुलले विश्व वास्तुकला महोत्सवमा ‘संसारको उत्कृष्ट परिवहन भवन’ को अवार्ड जित्न सफल भएको थियो ।

0 comments

Write Down Your Responses