मध्यराति राजधानी केन्द्र भएर भूकम्पको धक्का

२०७२ असार ७ गते


काठमाडौँ, ७ असार । राजधानीलाई केन्द्रबिन्दु बनाएर नेपालमा फेरि भूकम्प गएको छ ।
आइतबार मध्यराति १२ बजेर ३७ मिनेटमा लतिलपुरको झम्सिखेललाई नै केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकामा भूकम्पको केहीबेर धक्का महसुस गरिएको थियो । ललितपुरमै केन्द्रबिन्दु परेका कारण काठमाडौँमा ठूलै धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेश गौतमले दैनिक नेपाललाई बताउनुभयो । नजिकै केन्द्रबिन्दु भएका कारण पनि धक्का महसुस भएको उहाँले बताउनुभयो ।ललितपुरमै केन्द्रबिन्दु भएर भूकम्प गएको बैशाख १२ गतेपछि यो दोस्रो हो ।
आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses