यति एयरको जहाजमा चरो पस्यो

धरान : विराटनगरबाट काठमाडौंका लागि उडेको यति एअरलाइन्सको जहाजमा चरा ठोक्किएर इन्जिनमै पसेको छ ।


विराटनगर विमान स्थलबाट दिउँसो १ बजेर २० मिनेटमा उडेको यति एयरको ७९२ जहाजमा चरो ठोक्किएपछि पाइलटले जहाजलाई विराटनगर विमास्थलमै आकस्मिक अवतरण गराएका छन् ।

२९ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको जहाजमा चरा ठोकिनासाथ पाइलट जिपी राईले सावधानीपूर्वक आकष्मिक अवतरण गराएको यती एअरलाइन्स विराटनगर विमानस्थलका अशोक चौधरीले बताए ।

विमानमा ठोक्किएर इन्जिनभित्रै चरो पसेपछि काठमाडौंबाट अर्को जाहाज झिकाएर २९ जना यात्रुलाई काठमाडौं पठाइएको चौधरीले बताए ।

‘पाइलटले आकष्मिक अबतरण गराएपछि विमान हेर्दा इन्जिनमा चरा ठोकिएर इन्जिनमा पसेको भेटियो’, चौधरीले भने, ‘त्यसपछि काठमाडौंबाट अर्को जाहाज झिाकाएर यात्रु पठाएका हौं ।’

चरो ठोकिएर आकस्मिक अवतरण गरिएको विमानका यात्रु तथा चालक दलका सबै यात्रुलाई कुनै चोटपक नलागेको चौधरीले जानकारी दिए ।annapurnapost.com

,

0 comments

Write Down Your Responses