पश्चिम नेपालमा ठूलो मात्रामा भूकम्पीय शक्ति सञ्चय
काठमाण्डु, ६ असार
–मध्यपूर्वी नेपालमा दैनिक भूकम्पका धक्का महसुस भइरहेको अवस्थामा पश्चिम नेपालमा पनि नयाँ भूकम्पको धक्का मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार साँझ रुकुमको उत्तरी क्षेत्र जंग गाविसको भेरी नदीको मुहाननजिकै ५ दशमलव ४ रेक्टर सकेलको भूकम्प गएको छ ।
गोरखा भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी भए पनि पछिल्लो समयमा त्यो क्रम जारी भएपनि पछिल्लो समयमा त्यो क्रम घट्दै गएका छन् । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘तर, शनिबार रुकुममा भूकम्प गएपछि नयाँ तरंग सिर्जना भएको छ ।
रुकुमको उत्तरी भागमा भूकम्प्को केन्द्रविन्दु भएपनि सदरमुकाममा भने कुनै असर नपरेको केन्द्रले जनाएको छ । सानो धक्का भएकाले त्यसपछि अन्य कुनै पूर्वानुमान गर्न नसकिने केन्द्रले जनाएको छ । भूगर्भविद्हरुले मुलुकको मध्य र पूर्वी क्षेत्रमा भूगर्भमा भएको शक्ति सञ्चय भएको बताउँदै आएका छन् ।
राधजानी दैनिकबाट
0 comments
Write Down Your Responses