यी हुन् एसएलसी पास नगरिकनै चर्चित भएकाहरु

काठमाण्डु, ६ असार– फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् ।
चर्चा र विवादमा परिरहने पत्रकार ऋषि धमलादेखि चर्चित फिल्म नायिका रेखा थापासम्मले एसएलसी पास गरेका छैनन् । पत्रकार धमला १४ वर्षको उमेरमै पत्रकारीतामा आए, उनले पढ्नै भ्याएनन् ।

नायिका थापाले पनि पढाईमा रुचि नभएपछि कलाकारीतामा संघर्ष गरिन् सफल पनि भइन् ।
अर्का फिल्म नायक धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बताइन्छ ।
नायिका करिष्मा मानन्धरको पनि औपचारिक पढाई कक्षा ८ सम्म मात्रै हो । उनले यो तथ्य एक टेलिभिजन अन्तवार्ताका क्रममा खोलेकी थिइन् । तर करिष्माले आफुलाई चाहिँने ज्ञान अनौपचारिक ढंगबाटै लिइन् ।
 औपचारिक अध्ययनमा उनी सफल हुन नसके पनि कलाकारीतामा भने जमिन् ।
राजनीतितर्फ जाने हो भने प्रधानमन्त्री सुशील कोइरालाले  एसएसली पास गरे,नगरेको एकीन छैन । उनले संसद सचिवालयमा पेश गरेको व्यक्तिगत विवरणमा शैक्षिक योग्यता लेखेका छैनन् । कांग्रेस निकट पुराना मानिसहरुका अनुसार उनले सुरु सुरुमा कसैले अध्ययनबारे सोधि हाल्यो भने स्वअध्ययन भन्ने गर्थे । केहीले प्रधानमन्त्री कोइरालाले एसएलसी गरेको पनि भन्ने गर्छन् ।
नेकपा एमालेका नेता अमृत बोहोराको औपचारिक अध्ययन पनि १० सम्म मात्रै हो ।
एसएलसी पास नगरेको वा गर्न नसकेकाहरुको खोजी संविधानसभामा गर्ने हो भने धेरै पाउन सकिन्छ । संविधान निर्माण गर्ने तहमा पुगेका धेरैले एसएलसी पास गरेका छैनन् । केही त साक्षर मात्रै छन् ।  एमाले दैलेखका सभासद् अम्मरबहाुदुर थापा, रोल्पाबाट कांग्रेसका सभासद अमरसिंह पुन, तमसपा सर्लाहीकी अमेरिका कुमारी, धनुषाबाट तमलोपाकी इन्द्रा झा, धनुषाबाटै संघीय समाजवादीका उर्मिलादेवी साह, मोरङका एमाले सभासद चन्द्रबहादुर गुरुङलगायत धेरैको छन् ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पनि औपचारिक अध्ययन १० कक्षासम्म मात्रै हो । संसदसचिवालयलाई बुझाएको विवरणमा उनले शैक्षिक योग्यता लेखेका छैनन् ।
एसएलसी पास नगर्दै पनि चर्चित र सफल हुनेमा समाजसेवी दिलशोभा श्रेष्ठ पनि हुन् ।
त्यस्तै एमालेबाट अघिल्लो संविधानसभामा सभासद् रहेकी शान्ता चौधरीले पनि एसएलसी पास गरेकी छैनन् । चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्न विद्यालय भर्ना भएकी छिन् ।
पुर्वकमलरी रहेकी चौधरीले आफ्नै जीवनका संघर्षहरु समेटेर शान्ता चौधरी नामक किताब पनि लखेकी छिन् ।
काठमाण्डु टुडे बाट

0 comments

Write Down Your Responses