दोलखामा सेनाको बेस क्याम्प नै पहिरोमा पुरियो

काठमाडौँ, ७ असार ।
दोलखामा सोमवार राती गएको भिषण पहिरोले नेपाली सेनाको बेस क्याम्प नै पुरिएको छ । पहिरोले दोलखाको उत्तरी गाउँ लामावगर स्थित नेपाली सेनाको क्याम्प पुरिएको जनाइएको छ ।  माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको सुरक्षार्थ खटिएको सेनाको बेस क्याम्प पुरिएको हो ।
क्याम्पमा रहेका केही सैनिकहरु घाईते भएका छन् भने घरहरुमा पनि क्षती पुगेको छ । पहिरो पछि क्याम्पबाट निस्किएका सैनिकहरु माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको कार्यालय नजिक बसिरहेका छन् । त्यहाँ ६० जनाको संख्यामा नेपाली सेना रहेका थिए । घटनाको थप जानकारी आउन बाँकी छ ।

0 comments

Write Down Your Responses