रबिन्द्र मिश्रले पठाएको राहत सभासद्ले चोरेपछि हंगामा
१९ जेठ
काभ्रे, भूकम्पपीडित सर्वसाधरणलाई वितरण गर्न लैजाँदै गरेको राहत सभासद्ले नै चोरी गरेपछि काभ्रेमा हंगामा मच्चिएको छ । काभ्रेको क्षेत्र नम्बर १ का कांग्रेस सभासद् तिर्थ लामाले राहत सामग्री चोरेर गायब बनाएका छन् पत्रकार रविन्द्र मिश्रले स्थापना गरेको संस्था हेल्प नेपाल नेटवर्कको सहकार्यमा काभ्रेको चापापोखरीमा गत शनिबार राहत वितरण गर्न लागिएको थियो । जसका लागि बसमा सामान लिएर गइएको थियो । कच्चिबाटो र उकालो भएकाले त्रिपाल लगायतका सामग्री काभ्रेको मेथिन्कोटमा बसबाट खसेको थियो जुन बसभित्र रहेकाहरुले थाहा पाएनन् ।
आजको दृष्टि साप्ताहिकमा खबर छ– कानपुरनजिकै पुगेपछि सामान खसेको थाहा पाएपछि संस्थाका प्रतिनिधिहरुले खसेको सामान लिन फर्किए । सभासद् लामाको गाडि तिमालबाट भकुण्डे तर्फ आउँदै थियो । सामान बाटोमा देखेपछि खसेको सामान लिन आएको भन्दै त्रिपाल लगायतका सामग्री गाडिमा राखेर लामा लागेका थिए । पछि संस्थाका प्रतिनिधि आफ्नो सामान खसको भन्दै लिन जाँदा गायव बनाइएको हो । सभासद् लामालाई भेटेर संस्थाका प्रतिनिधिले सामान फिर्ता दिन आग्रह गर्दा अनेक बहाना बनाएर झुक्याइएको स्रोत बताउँछ ।
साभासद् लामा गुण्डा पृष्टभूमिका मान्छे हुन् । गुण्डागर्दि र ठेक्कापट्टाबाट कमाएको पैसा खर्च गरेर टिकट हात पारी चुनाव जितेका थिए । भूकम्पका बेला पनि आफ्नो गाउँमा मात्र राहत वितरण गरेर उनी गायब भएका थिए । दुई साताअघि काभ्रेका सिडियो सुदर्शन ढकाललाई पनि उनले दुव्र्यबहार गरेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses