३ बजेर ५२ मिनेटमा नेपालमा भूकम्पको धक्का

सोमबार 32 जेष्ठ, 2072 -


काठमाडौं, जेष्ठ ३२ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । पछिल्ला दिनमा पराकम्पन भने कम हुँदै गएका छन् ।

सोमबार मात्रै दिउँसो सवा ४ बजेसम्म ४ म्याग्निच्यूडमाथिको एक धक्का मापन गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, आइतबार ४ म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन मापन भएका थिए भने शनिबार एक पराकम्पन मापन भएको थियो ।

0 comments

Write Down Your Responses