४ महिला र ५ पुरुष विमानबाटै यसकारण पक्राउ परे
शनिबार, आषाढ ५,
काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणस्थित जेट एयरको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेको अवस्थामा राहदानीसमेत भएका ४ महिला र नागरिकता मात्र भएका ४ पुरुष गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बिमानभित्र प्रवेश गरिसकेको अवस्थामा बिमानस्थलमा कार्यरत प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले बिमान नजिकै गई जेट एयरका कर्मचारीलाई यात्रुको सामान छुटेकोले लगिदिनु भनी दिएपछि कर्मचारीले सामान चेकजाँच गर्दा भिषा लागेको ४ थान राहदानी र टिकट फेला परेपछि प्रहरीलाई बुझाएका थिए ।
पक्राउ पर्नेहरुमा नुवाकोटकी २० वर्षीया रोशनी थापा, नुवाकोटकी १९ वर्षीया सपना तामाङ, सिन्धुपाल्चोककी ३४ वर्षीया सरिता तामाङ, तनहुँकी ३१ वर्षीया राधिका नेपाली, नुवाकोटका ४० वर्षीय अमर तामाङ, सिन्धुपाल्चोकका ३७ वर्षीय दमछोई दोर्जे लामा, नुवाकोटका ४२ वर्षीय पूर्णबहादुर लामा र तनहुँका २७ वर्षीय किशोर नेपाली रहेका छन् ।
राहदानीमा अध्यागमन कार्यालयको छापसमेत लगाएको अवस्थामा फेला पारिएपछि उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा सक्कल कागजैसहित प्रहरीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको हो ।
.jpg)

0 comments
Write Down Your Responses