चन्द्रमामा पनि गयो भुकम्प..!
जेठ ३२ , पृथ्वीमा जस्तै पृथ्वीको उपग्रह चन्द्रमामा पनि भुइँचालो जाने गरेको अनुसन्धानले देखाएको छ । चन्द्रमामा पनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेटहरु एकअर्कामा ठोक्किने र त्यसक्रममा भुकम्प जाने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
चन्द्रमामा अवतरण भएको भारतीय यान चन्द्रायण-१ ले खिचेका तस्वीरहरुको विश्लेषण गरी वैज्ञानिकहरुले चन्द्र सतहमुनि पृथ्वीमा जस्तै भौगर्भिक प्लेट
चन्द्रायण-१ मा जडित न्यारो एंगल क्यामरा तथा लुनार रिकनेसेन्स अर्बिटर क्यामराले खिचेका चन्द्र सतहका तस्वीरहरुको विश्लेषण गरिएको थियो । भारतको जवाहारलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्भारोमेन्टल साइन्स अन्तरगत भुगर्भ विज्ञान र रिमोट सेन्सिङका प्राध्यापक सुमित्र मुखर्जी र उनकी विद्यार्थी पि्रयदर्शिनी सिंहले चन्द्र सतहका तस्वीरको विश्लेषण गरेका थिए ।
चन्द्रमाको दक्षिण धु्रविय क्षेत्रबाट संकलित प्रमाणहरुका आधारमा चन्द्रमाको सतहमा पनि पृथ्वीमा जस्तै भुकम्पीय गतिविधि हुने पुष्टि भएको दाबी मुखर्जीले गरेका छन् । उनको अनुसार चन्द्रमाको सतहमुनि पनि तरल पदार्थ रहेको छ । उनी भन्छन्, ‘हामी निष्कर्ष निकाल्न सक्छौँ की चन्द्रमाको पनि भित्री तह (कोर) छ । त्यसैले चन्द्रमाको संरचना पनि पृथ्वीको जस्तै रहने सम्भव छ । त्यसैले पृथ्वीमै जस्तै चन्द्रमामा पनि भुकम्प जाने कुराको तुलनात्मक अध्ययन गर्ने सकिन्छ ।’
चन्द्रमाको भौगर्भिक प्लेटको गतिविधिको अध्ययन तथा भविष्यमा त्यहाँ जाने भुकम्पहरुको अध्ययन गरेर पृथ्वीमा जाने भुकम्पसँग तुलना गरेपछिमात्र चन्द्रमामा जाने भुकम्पको बारेमा केही अनुमान तथा भविष्यवाणी गर्न सकिने उनको भनाइ छ ।
चन्द्रमामा पनि भुकम्प जाने सम्बन्धि यो अनुसन्धान शोध भारतका विभिन्न चर्चित जर्नलहरुमा छापिएको छ । अनलाइन खबरबाट
.jpg)

0 comments
Write Down Your Responses