४ सय १२ किलो तौलका पुरुषको ३३ वर्षमै मृत्यु
लण्डन : ४ सय १२ केजीका एक ब्रिटेन नागरिकको अत्याधिक मोटोपनको कारण ३३ बर्षको उमेरमै मृत्यु भएको छ ।
अनियन्त्रित रुपमा मोटाउदै गएका कार्ल थाँम्पसन नाम गरेका ती पुरुषले दैनिक १० हजार क्यालोरी खानाको माध्यमबाट लिदै आएका थिए ।
मोटोपनका कारण आइतबार अल्पायूमै ज्यान गुमाएका थाँम्पसनको शव घरभित्रबाट निकाल्न प्रहरी, एम्बुलेन्स र दमकलको टोलीलाई घण्टौ लागेको समाचारमा बताइएको छ ।
अत्याधिक खाना खान रुचाउने थाँम्पसनलाई तौल घटाउन परिवारले गरेको आग्रह अस्विकार गर्दा अन्तत उनले ज्यान नै गुमाउनु परेको बताइएको छ ।
annapurnapost.com
0 comments
Write Down Your Responses