दिपिका र रणवीरको छिट्टै विवाह हुनसक्ने!
बलिउडका लब-बर्डस् दिपिका पादुकोण र रणवीर सिंहको सन् २०१६ मा विवाह गर्नेछन्। यो मिति तय गरिएकै भने हैन तर पछिल्लो समय बिभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमा दिपिका र रणवीरका गतिविधिले यो चर्चा चल्न थालेको छ।
पछिल्लो समय रणवीर सिंह मलेशियामा आयोजित आइफा अवार्डको रिहर्सल छोडेर दिपिकाको पिता प्रकाश पादुकोणको जन्मदिन मनाउन बेंगलुरु आएका थिए। दिपिकाको परिवार यी दुइ बिचको सम्बन्ध छिटो विवाहमा परिणत होस् भन्ने चाहन्छन्।
दिपिका र रणवीरको भेट संजय लीला भंसालीको फिल्म ‘गोलियों की रासलीला – रामलीला’ को सेटमा भएको थियो। यो फिल्म पछि यी दुइ बिचको सम्बन्धको चर्चा सुरु भएको थियो। यी दुइ चाँडै नै अर्को फिल्म ‘बाजीराव मस्तानी’ मा देखापर्नेछन्।
.jpg)

0 comments
Write Down Your Responses