अमेरिकामा समिरा सिवाकोटी लाई गोलि हान्ने 'हत्यारा' पक्राउ
दुई नाबालककी आमा नेपाली महिला समिरा सिवाकोटीको हत्यामा संलग्न एक युवकलार्इ अमेरिकाको कोलोनीस्थित प्रहरीले पक्राउ गरेको छ ।
हत्यासहित विभिन्न चोरीमा घटनामा समेत संलग्न डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस डिपार्टमेन्टले शनिबार पक्राउ गरेको हो ।
पक्राउ गरेपछि समिराको हत्याको घटनाबारे त्यहाँको प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको समाचार अमेरिकाबाट सञ्चालित हिमायलय खबर अनलाइनले जनाएको छ । यो व्यक्तिले अस्ति बुधवार पनि हतियार देखाएर फ़्रिस्को भन्ने ठाउँको अर्को पसल लुटेको थियो । प्रहरीले समिरा हत्याराको शंकास्पद सूचीमा राखेर डियोन किङ्ग्सटनलाई खोजी गरिरहेको थियो । किङ्ग्सटन बुधवार फ़्रिस्को कन्भेनियन्स स्टोरमा पेस्तोल देखाएर लुटपाट गरी फरार थियो । यसैगरी बिहीवार अपरान्ह करीब चार बजेतिर यही व्यक्तिले कोलोनीकै टेक्साको ग्याँस स्टेशनमा हतियार देखाई स्टोर लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले तत्काल उसलाई पक्राउ गरेको थियो । सिलसिलावर लुटपाटमा संलग्न किङ्ग्सटन नै समिराको हत्यारा भएको पुष्टी भएको भन्दै प्रहरीले आज यसरी समिरा हत्यारालाई पक्राउ गरेको जानकारी गराएको छ ।
३१ वर्षीया समीराका नौ महिना र दुई वर्षकी दुई नावालिक छोरीहरु छन् भने पति नवराज डेन्टनमा बस्छन् । नवराजले पारिवारिक व्यवसयको रुपमा विगत चार वर्षदेखि विगत चार वर्षदेखि टेक्सासको कोलोनीमा ग्याँस स्टेशन र कन्भेनियन्स स्टोर सन्चालन गर्दै आएका थिए । सोही स्टोरमा काम गर्दै रहेकी समीरालाई जुन १० तारिख बुधवार किङ्ग्सटनले गोली प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकी समिराको गत आइतवार दाहसंस्कार गरिएको थियो।
0 comments
Write Down Your Responses