किन भिडे ट्विटरमा अभिषेक?
महानायक अमिताभ बच्चनका एकल सुपुत्र एवम् बलिउड अभिनेता अभिषेक बच्चन बलिउमा आफ्नो हँसिमजाक गर्ने बानीका लागि पनि परिचित छन्। उनी आफूमाथि गरिएका तीखा व्यंग्यलाई पनि सहजरुपमा लिन्छन् तर मंगलबार भने उनलाई ट्विटरमा एक प्रयोगकर्ताले गरेको टिप्पणी मनपरेन जसको उनले खुलेरै विरोध गरे।
अभिषेकलाई यस्तो टिप्पणी सह्य भएन र उनले 'के तिमी आफूलाई सहज महशुस गरिरहेका छौं? ठीक छ। अब जताबाट आएका हौ त्यतै जाउ' भनेर ट्विटमा जवाफ दिएका थिए। ती प्रयोगकर्ताले अभिषेकको जवाफलाई प्रतिउत्तर दिँदै' आफुलाई अभिषेक मनपर्ने तर फिल्म भने मननपर्ने' बताएका थिए।
त्यसको जवाफ दिदै फिल्म मनपर्नु नपर्नु अलग कुरा हो तर यस्ता विषयमा मेरी छोरीलाई सामेल गरेको आफूलाई मननपरेको बताए। ती व्यक्तिले पछि आफ्नो ट्वीटका लागि माफी मागे पछि मामिला साम्य भएको थियो।
.jpg)

0 comments
Write Down Your Responses