ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामान्य विवादले ठूलो रूप लिन सक्छ, प्रेमसम्बन्ध वा प्रणयप्रसंगमा तिक्तता आउन सक्छ, सचेत हुनुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने छ । आम्दानी राम्रै भए पनि मनोरञ्जनात्मक काम वा रमणीय यात्राको सम्भावना छ र रामरमाइलोका क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । आज स्वाद र बोलीवचनमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र पाचनप्रणालीमा गडबडी हुनसक्छ वा सम्मान दिनुपर्ने व्यक्तिसित मुखामुख हुनसक्छ । तपाईंको बौद्धिक चिन्तन वा विचारको आलोचना हुनसक्छ । खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू टाढिन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारबाट लाभ पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कतिपय राम्रा अवसरहरु प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । जुनसुकै काममा साथीभाइ र इष्टमित्रको सहयोग लिएको राम्रो हुन्छ । दूरदराज वा लामो दूरीको यात्राको योग छ । मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही समस्या देखिन सक्छन् । संघर्षपूर्ण समय छ, लगनशील भएमा सफल भइने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँर्दन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरुको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
0 comments
Write Down Your Responses