नेपालमा फेरी भूकम्पको धक्का महसुस
३१ जेठ, काठमाडौं ।
विनाशकारी भूकम्पको डेढ महिना पुग्न लाग्दा पनि पराकम्पन रोकिएका छैनन् । आज मात्र २ पटक पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो पराकम्प ३ बजेर १ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव १ म्याग्निच्युडको भएको केन्द्रले जनाएको छ ।
यस अघि विहान ५ बजेर ६९ मिनेटमा पनि नुवाकोट केन्द्र भएको ४ दशमलव २ म्याग्नीच्युडको पराकम्प भएको थियो ।
बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
.jpg)

0 comments
Write Down Your Responses