ऋषि धमलाले अपशब्द बोलेकै हो, माफी मागेकै हो
काठमाडौँ, २० जेठ ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई प्रहरीले पक्राउ परेको र माफी मागेको प्रकरण यो साता निकै चर्चामा रह्यो । समाचार आएपछि केही अनलाइनका सम्पादकलाई फोन गरेर उनले साइबर क्राइमको मुद्दा लगाउनेसम्म चेतावनी दिए । कसैलाई पत्नी रोएर हैरान पारिन्, देशविदेशबाट फोन पनि आयो भनेर हारगुहार गरे ।
उनका पत्नीले पनि फेसबुकमा हुँदै नभएको समाचार लेख्ने हावाकाम भनेर कमेन्ट गरिन् । तर बुधबार जनआस्था साप्ताहिकले ऋषि, किन हुन्छौ बेखुशी शीर्षकमा लेखेको समाचार यस्तो छः एक÷दुई घण्टा हामीलाई रुँगाउने, उल्टै १० हजार माग्ने ? भृकुटीमण्डपमा दिनभर को–को आएर बस्छन् ? यो जग्गा तेरो बाउको पेवा कि विर्ता ? तैँले मलाई चिनेको छस् ? बढी न हो है, तँलाई म थुनिदिन सक्छु । सधैँ क्यामेराको अगाडि देखिने ऋषि धमलाको जेठानलाई सोमबार अपराह्न एउटा मान्छेले यस्तै शब्द प्रयोग गरेर थर्कायो । नथर्काउनु पनि किन ? ऋषिले जिम्मै लिएका थिए हुन्छ, सबै मिडिया बोलाउँछु भनेर । तर, ११ बजेको लागि तय भएको भनिएको कार्यक्रममा कुनै पत्रकार पुगेनन् ।रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई प्रहरीले पक्राउ परेको र माफी मागेको प्रकरण यो साता निकै चर्चामा रह्यो । समाचार आएपछि केही अनलाइनका सम्पादकलाई फोन गरेर उनले साइबर क्राइमको मुद्दा लगाउनेसम्म चेतावनी दिए । कसैलाई पत्नी रोएर हैरान पारिन्, देशविदेशबाट फोन पनि आयो भनेर हारगुहार गरे ।
दुई घण्टा कुरेपछि बल्ल शिक्षा सचिव विश्वप्रकाश पण्डित, शैक्षिक माफिया गीता राना, उमेश श्रेष्ठ र शिक्षाविद् तीर्थ खनियाँ उपस्थित भए । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मेरिना हेल्थ क्लबले भूकम्पपीडितका लागि स्वास्थ्य क्षेत्रमा अहिलेसम्म गरेको काम र आगामी कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।
धमलाको क्लबमा व्यवस्थापनको जिम्मेवारी हेर्दै आएका पवन भट्टराई (धमलाकी श्रीमतीको ठूलीआमाको छोरा) ले मेरिना समूहसँग १० हजार मागे । संयोजक आशिष सुवेदीले यही पछि हो पाखुरा सुर्किएको । ऋषि आइपुगेसँगै घटनाको बेलिविस्तार लगाउने काम भयो । जसले पैसा मागेको हो उसलाई मेरो कर्मचारी होइन भन्न भ्याए ऋषिले ।
यसपछाडि आशिषको समूह झन् बम्कियो, उसो हो भने अनधिकृत मान्छेले किन पैसा माग्यो ? चर्काेचर्की पर्न थाल्दा ऋषिले लेख्नै नमिल्ने शब्द प्रयोग गर्दै गाली गरेपछि महेन्द्र पुलिस क्लबमा लगियो । त्यहाँका डिएसपी आरके कार्कीले माफी माग्न लगाए । तर, माफी माग्न छाँट निकालेनन्, गल्ती गर्ने माफी पनि नमाग्ने भन्दै प्रहरीले थर्काएपछि दुई हात जोडे र केस सल्टियो ।
News/स्रोत -nepalese.org
.jpg)

0 comments
Write Down Your Responses