पूर्व युवराज पारसको फोटो फेसबुकमा राख्दै माई हजबेन्ड भन्ने युवती
थाइ युवती कन्निका चाइयासर्नले मंगलबार बिहान आफ्नो फेसबुकमा पूर्व युवराज पारस शाहलाई सार्वजनिक रुपमा आफ्नो पति बताएकी छिन्। रातो रङको लुज टिसर्ट लगाएर मोटरसाइकलमा पोज दिएर बसेको पारसको फोटोमुनि उनले लेखेकी छिन् माइ हज्बेन्ड। उनी त नेपालका युवराज हैनन् र, फेसबुकमा एक जनाले सोध्दा
उनले अङ्ग्रेजीमा जवाफ दिएकी छिन्, नामको कसलाई मतलब छ र तर निराश भएर मलाई अङ्गाल्ने उनी नै हुन्। यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै माइ वुमन लेखेका थिए। गत वर्ष उनले लेखेका थिए माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन। उनकै कारण म बाँचेको छु। थाइल्यान्डमा हुँदा पारस कन्निकासँगै बस्थिन्। बीचमा प्रेमिकाले धोका दिएको र आफूलाई पक्राएको भनेर पारसले फेसबुकमै लेखेपछि दुईजनाको सम्बन्ध बिग्रिएका समाचार आएका थिए। तर पछि पारसले सार्वजनिक रुपमा आफूले गल्ती बुझेको भन्दै माफी मागेका थिए।
0 comments
Write Down Your Responses