१५ वर्षपछि हिम युग सुरु हुने अनुमान, अनुसन्धान अझै जारी

पृथ्वी ‘मिनी आइस एज’ तिर लम्कदै गरेको हुनसक्ने भन्दै अनुसन्धानकर्ताहरुले सावधान गराएका छन्।

एक नयाँ अनुसन्धान अनुसार सन् २०२० देखि सन् २०३० को बिचतिर सौर्य चक्रले एक अर्कालाई रद्ध गर्नेछ। यस्तो घटनालाई ‘माउन्डर मिनिमम’ भनिन्छ। यसले पृथ्वीमा अर्को हिम युग ल्याउने खतरा रहेको अनुसन्धानकर्ता बताउँछन्। यस्तो हिम युग सन् १६४६ देखि १७१५ सम्म पृथ्वीमा घटिसकेको छ, जुन बेला ठुला ठुला नदीहरु पनि जमेर बरफ भएका थिए। ल्यान्डुडनोमा भएको नेशनल एस्ट्रोनोमी मिटिङमा प्रोफेसर भ्यालेनटिना जारकोभाले यसबारेको अध्ययनको खुलासा गरेका थिए।


सौर्य चक्र

सुर्यबाट निस्कने शक्ति सधै एकनास हुदैन। कहिले घटी तथा कहिले बढी हुने गर्छ। कुनै बेला सुर्यको सतह शान्त हुन्छ। सौर्य ज्वाला निकै कम हुने गर्छ भने कहिले सुर्यको सतहमा सनस्पटहरु ज्यादा देखिन्छन् अनि सौर्य बतास अत्याधिक बढ्छ। यस्तो प्रक्रिया ११ वर्षमा दोहोरिरहन्छ, कहिले शान्त त कहिले अशान्त। सुर्यको यस्तो गतिविधि जुन दोहोरिरहन्छ यसलाई नै सौर्य चक्र भनिन्छ। सौर्य चक्रकै कारण सुर्यको वातावरणमा फेरबदल आउँछ साथै पृथ्वीको मौषममा यसले प्रत्यक्ष सम्बन्छ राख्छ।



शान्त सुर्यः सन् २०११ मा खिचिएको यो तस्बिरमा सुर्यको सफा तस्बिर छ, अनुसन्धानकर्ता भन्छन् करिब १५ वर्षपछि यस्तो स्थिति साच्चैको आउन सक्छ।

नयाँ रिसर्च अनुसार ११ वर्षमा दोहोरिरहने यो सौर्य चक्र नियमित नभएको बताइन्छ।

सुर्यको नमुना तयार पारि गरिएको अध्ययनले सहि नतिजा दिएको जनाइएको छ। ११ वर्षको सौर्य चक्र सम्बन्धि नौला तथ्यहरु बाहिर आएको छ। यो अध्ययन अनुसार सन् २०३० पछि सुर्यको गतिविधिमा ६० प्रतिशतले कमी आउनेछ जसले सन् १९४५ को जस्तो पृथ्वीको मौसम र वातावरणमा नै परिवर्तन गरिदिनेछ।



यो तस्बिरमा सन १९९१ अगस्ट देखि सन् २००१ सेप्टम्बरसम्म  ‘योकह सफ्ट एक्सरे टेलिस्कोप’ले खिचेको सुर्यको गतिविधि देख्न सकिन्छ। सुर्यमा उठेका ज्वाला अनि सनस्टप यो तस्बिरमा देखिन्छ।
थप जानकारी को लागि यो पढ्नुहोस।
सनस्पट

, ,

0 comments

Write Down Your Responses