युवा नेता गगन थापाविरुद्ध प्रहरीमा मुद्दा

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाविरुद्ध मुद्दा दायर भएको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि भएको आक्रमणमा गगन थापाको संलग्नता भएको आरोपमा नेता थापा समुहका कुन्दनराज काफ्ले सहित ११ जना विरुद्ध मुद्दा परेको हो ।

नेपाल विद्यार्थी संघ कार्यालय सचिव शिव लम्सालका अनुसार सांगठनिक विवादमा गगन थापा र कुन्दन राज काफ्लेको टिमले अध्यक्ष कर्णमाथि आज बिहानै घरमै गएर आक्रमण गरेका थिए ।
अध्यक्षमाथि आक्रमण गर्ने कुन्दन काफ्ले र गगन थापा समुहका नवराज त्रिपाठीसहित ११ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको सचिव लम्सालले दैनिक नेपाललाई टेलिफोनमा बताए । हतियार बोकेको १०/१२जनाको समूहले मंगलबार बिहान हाँडीगाउँस्थित निवासमा अध्यक्ष कर्णमाथि आक्रमण गरी कालोमोसो दलेका थिए ।

,

0 comments

Write Down Your Responses