नेपालमा फेरी गयो भूकम्प

काठमाडौं :


 आइतबार साँझ काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्रबिन्दु भएको ३.३ म्याग्निच्यूडको परकम्प महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । वैशाख १२ मा शक्तिशाली भूकम्प गएयता लगातार परकम्प महसुस भइरहेको छ । बैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ३६४ वटा परकम्प महसुस भइसकेको छ । यसअघि आइतबार दिउँसो २ बजेर २८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको परकम्प महसुस भएको थियो

0 comments

Write Down Your Responses