आज राति पृथ्बीमा अद्भुत खगोलीय घटना घट्दै

एजेन्सी : अमेरिकाको इन्डियानापोलिसमा एउटा अनौठो घटना हुन पुगेको छ । जिम्मा नाम गरेको एउटा कुकुरले आफ्नो शिर टायरको ह्वीलमा छिराउन पुग्यो ।

ह्वीलमा छिराएको टाउको कुकुरले निकाल्न सकेन । त्यसपछि कुकुरको ज्यान बचाउनका लागि मानिसले कडा मेहनत गर्नुपर्यो ।

कुकुरलार्इ बचाउनैका लागि प्राविधिकहरुको एउटा टिम नै टायरको रिङ काट्न जुटे । लामो प्रयासपछि उनीहरुलार्इ कुकुरको टाउको टायरको ह्वीलबाट निकाल्न सफल भए ।
 
कुकुरले टायरको ह्वीलमा टाउको अड्काएपछि एक महिला त्यो कुकुरलार्इ लिएर फायरहाउस पुगेकी थिइन् । फायरहाउसका कर्मचारीले पहिले तेल र लिक्विड लगाएर कुकुरलार्इ बाहिर निकाल्ने प्रयास गरे । तर उनीहरुको यो प्रयास असफल हुन पुग्यो ।

त्यसपछि कुकुरको टाउको टायरको ह्वीलबाट निकाल्न फायर स्टेशनको विज्ञ टोलीलार्इ बोलाइयो । त्यो टिमले कडा मेहनत गरी टायरको रिङ काटेर कुकुरको ज्यान बताउन सफल भए ।

घन्टौंको प्रयासपछि कुकुरलार्इ टायरको रिङबाट निकालेर ती महिलालै साथै लिएर गइन् । त्यो कुकुर पिट बुल प्रजाति रहेको थियो । महिलाले बताए अनुसार त्यो कुकुर सडकमा डुल्ने भुस्याहा थियो ।

उनले सडकमा डुल्ने भएपनि त्यो कुकुरलार्इ खाना दिँदै आएकी थिइन् । ती महिला एक साँझ अफिसबाट फर्कने क्रममा फोहरको थुप्रोमा रहेको टायरको ह्वीलमा फसेको देखेपछि उद्धार प्रयास थालेकी थिइन् ।

,

0 comments

Write Down Your Responses