नेपालमा फेरी भूकम्पको धक्का
काठमाडौँ, १७ असार । बिहानै काभ्रे र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पका दुई ठूला परकम्प गएका छन् ।
आज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा यो कम हुँदै गएको केन्द्रको भनाइ छ । रासस
.jpg)

0 comments
Write Down Your Responses