सुनको मुल्य फेरी घट्यो

काठमाडौं, आषाढ १६


बुधलबार सुनको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ५१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५१ हजार ७ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर ६ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय ७२ डलरको हाराहारीमा कारोबार भएको थियो ।

0 comments

Write Down Your Responses