बदामका एती धेरै फाइदाहरु जो कसैलाई थाहा नहुन सक्छ

काठमाडौं, कुनै कुनै फलफुल तथा चिजबिजहरू प्रत्येक मौसममा स्वास्थ्यका लागी लाभकारी हुने गर्दछन । यी कुराहरूमा बदाम पनि प्रमुख हो । गर्मी होस वा सर्दी, हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । यो काँचो होस वा पाकेको होस, यसले हर प्रकारले मानिसलाइ फाइदा पुर्याउँदछ । बदामलाइ पौष्टिक तथा स्वास्थ्यवर्धक मानिन्छ ।


बदाममा चिल्लो, प्रोटीन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा यसलाइ चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य बनाउँदछ । बदाम खानाले मुटुको रक्त वाहिकाहरू स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाइ निकै फाइदा पुर्याउँदछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ तर यसको मात्रा भने सन्तुलित हुनु पर्दछ । क्षमता भन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाइ खराब गर्दछ ।

यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाइ कम गर्नमा प्रभावकारी हुन्छ । अकुंरित बदाम भिजाएको बदामको तुलनामा धेरै स्वास्‍थ्‍यवर्धक हुने गर्दछ । बदाम स्तनमा दुघ वृद्धि गर्दछ । कब्जियत तथा आन्द्राको पीडाबाट मुक्ति पाउनका लागी बदाम र अंजीरलाइ एकसाथ खानु पर्दछ । बदामले कफका साथमा रगत आउने समस्यालाइ ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यंजनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ । यस्तो उपयोगी बदामको सेवन गर्नमा अब किन कन्जुस्याइँ गर्ने त ?

,

0 comments

Write Down Your Responses