दिउँसै सडकमा खुकुरी प्रहार गरी युवकको हत्या

शकील खान
बाँके, । नेपालगन्जको अति ब्यस्त बजार धम्बोझीचोक नजिकै सुर्खेतरोडमा सोमबार दिनदहाडै खुकुरी प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
नेपालगञ्जका गुण्डा रिगल ढकालको नेतृत्वमा आएको समुहले नेपालगञ्जको धम्बोझी स्थित वायुसेवा निगम कार्यालय नजिकै दिउँसो ३ बजे खुकुरी प्रहार गरि नेपालगन्ज–८ का २५ बर्षीय चेतन मानन्धरको हत्या गरेको हो ।

खुकुरी प्रहार गरि गम्भीर घाइते भएका मानन्धरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार हुन नसकेपछी उपचारका लागी काठमाण्डौ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बांके कोहलपुरका मोहन खडका, महादेबपुरीका केशब रोकाया सम्सेरगञ्जका नबराज खत्री, र सुर्खेतका बिशाल बस्नेत रहेका छन । तर सो समुहका नाईके रिगल ढकाललाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
काठमाण्डौका बिभिन्न स्थानमा गुण्डागर्दी गर्ने रिगल पछिल्लो समयमा नेपालगञ्जमा रहंदै आएका थिए । प्रहरीले उनीहरुको साथबाट २ थान खुडा र एउटा खुकुरी बरामद गरेको छ । पक्राउ परेका युवाहरु गुन्डागर्दीमा संलग्न रहने समुहमा प्रहरी प्रहरीले जनाएको छ ।
युवाहरुबीच आपसमा रिसिवी रहेको हुनसक्ने प्रहरीको आशंका छ । मृतक मानन्धरको शब नेपालगञ्ज मेडिकल कलेजमा राखीएको छ । यसैबिच हत्याराका नाईके रिगल ढकाललाई पक्राउ गर्नुपर्ने भन्दै नेपालगञ्जका युवाहरुले नेपालगञ्जको बिपि चोकमा सडक बन्द गरेका छन ।

,

0 comments

Write Down Your Responses